तराईमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। मंगलबार राति ८ बजेदेखि सप्तरीको राजविराजमा भएको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सहभागी नेताका अनुसार आन्दोलनलाई मजबुत पार्न विभिन्न निर्णय गरिएको छ। यातायात बन्दलाई निरन्तरता दिएर बजार तथा पसल खुल्ला राख्ने निर्णय मोर्चाले गरेको छ।
आन्दोलनको स्वरुप परिवर्तन गरेर मोर्चाले अब बैंक तथा वित्तीय संस्थालाई निशाना बनाउने भएको छ। भारतीय पक्षबाट भएको भनिएको नाकाबन्दी