पूर्वका ९ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन आमहडताल फिर्ता

संयुक्त लिम्बुवान संघर्ष समितिले अरुण पूर्वका ९ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन आमहडताल फिर्ता लिएको छ ।
आमहडतालको चौथो दिन बुधबार आन्दोलनरत पक्ष र प्रमुख तीन राजनीतिक दलका प्रतिनीधिबीच चार बुँदे सहमति भएसँगै आमहडताल फिर्ता लिइएको हो ।
संघीय समाजवादी फोरम, झापाका अध्यक्ष धीरेन लावतीका अनुसार पक्राउ परेका मोर्चाका कार्यकर्तालाई तत्काल रिहाइ गर्ने, आगामी दिनमा कसैले पनि बन्द, हडतालका कार्यक्रम नगर्ने, संघीय लिम्बुवान पार्टीको केन्द्रीय कार्यलयमा भएको तोडफोडको तीन दलले नैतिक जिम्मेवारी लिने र क्षतिपूर्तिका लागि राज्यसँग पहल गर्ने सहमति भएपछि आमहडताल फिर्ता भएको हो ।
आमहडताल फिर्ता भएसँगै राजमार्गमा सावरी