उचित बासस्थान र प्रशस्त आहाराको प्राप्तिसँगै बाघको सङ्ख्या दोब्बर, पाटेबाघको संख्या पचास

उचित बासस्थान र प्रशस्त आहाराको प्राप्तिसँगै बाघको सङ्ख्या दोब्बर हुने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ। 
 
बाघ बढेसँगै समुदायमा मानव र बाघको द्वन्द्व नहुने बताए तापनि मानव र बाघको द्वन्द्व बढ्ने देखिन्छ। बाघको संरक्षणसँगै मानवको संरक्षणका लागि राज्यले व्यवस्थापन गर्नुपर्ने सरकारी अधिकारीको भनाइ छ। 
 
बाघ संरक्षणका लागि नदी तटीय बासस्थान तथा घाँसे मैदानले गर्दा बाघ दोब्बर हुने देखिएको छ । नेपालमा जैविक विविधताको संरक्षणमा समुदायको परिश्रम, दातृ निकायको सहयोग, सरकारको लगानी, शून्य चोरीसिकारीका कारण आइयुसिएनले रातोसूचीमा राखेको सङ्कटपूर्ण अवस्थामा रहेको प्यान्थेरा टाइग्रिस प्रजातिका पाटेबाघको सङ्ख्या बढ्दै आएको छ। 
 
बर्दियामा संरक्षणका लागि घाँसे मैदानको व्यवस्थापन, जङ्गलमा जलाशय, बाघका लागि प्रशस्त आहारा प्राप्तिमा पहुँचलगायत शून्य चोरीसिकारीका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको सङ्ख्या वृद्धि भएको हो। 
 
बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ गणनाअनुसार यसको सङ्ख्या ५० वटा पुगेको निकुञ्जको स्रोतले बताएको छ । यसभन्दा पहिले बर्दियामा ३७ वटा पाटेबाघ रहेका थिए। 
 
मानव र वन्यजन्तुबीच द्वन्द्व निम्तिन नदिनका लागि राज्यले समुदायको पनि संरक्षण गर्ने नीति बनाउनका लागि राज्यले सोच्नु पर्ने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। रासस