सीमावर्ती नाकाहरुमा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध सिर्जना गरेपछि भारतबाट नेपाल आउन लागेका सयौं मालवाहक सवारी साधन भारततर्फ रोकिएका छन् ।
आन्दोलनका कारण असुरक्षा भएको भन्दै भारतीय सुरक्षा बल एसएसबीले नेपाल छिर्ने मुख्य नाकाबाट मालवाहक ट्रक, कन्टेनरलगायत ढुवानीका साधन प्रवेश गर्न नदिएपछि सयौं मालवाहक सवारी भारतमै रोकिएका हुन् ।
पूर्वी नाका काँकडभिट्टामा सयौं ट्रक रोकिएका छन् । जोगबनी नाका बुधबार साँझैदेखि नै ठप्प छ । त्यहाँ तीन सयभन्दा बढी मालवाहक ट्रक र कन्टेनर भारततर्फ अलपत्र छन् ।
वीरगन्जको रक्सौल नाका ठप्प भएकाले इन्धन बोकेको कुनै पनि गाडी नेपाल छिर्न पाएका छैनन् । पश्चिमी मुख्य नाका नेपालगन्ज