राष्ट्रपति रामवरण यादवले आगमी १५ गते शुक्रबार संसदको हिउँदे अधिवेशन आब्हान गरेका छन् । कानुन मन्त्री नरहरि आचार्यका अनुसार नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आज (शुक्रबार) व्यवस्थापिका-संसद्को बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपतिले असोज १५ गते १ बजेको लागि संसद अधिवेशन बोलाएका छन् ।
यो अधिवेशनले सरकार निर्माणको लागि चुनावी प्रक्रिया सुरु गर्ने छ । नयाँ संविधान लागू भइसकेको अवस्थामा यही अधिवशेन मार्फत एकहप्ता भित्र नयाँ प्रधानमन्त्री छानिनेछ ।
संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका