बाबुराम भट्टराईद्धारा एमाओवादी परित्याग गरेको घोषणा, संसद सदस्यबाट पनि राजीनामा

एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्।
यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ ।
भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी  माओवादी अध्यक्ष प्रचण्डलाई गराएका छन् ।
भट्टराईले नयाँ पार्टी खोल्ने नखोल्ने भन्ने निर्णयमा आफू पुगिनसकेको बताएका छन् । उनले केही समय स्वतन्त्र नागरिकका रुपमा रहने बताए ।
एमाओवादी फर्कने वा अर्को पार्टीमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा भट्टराईले भने- पुरानो घर, भत्किएको घर र छोडेको घरमा जाने कुरा हुँदैन ।
गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरे । राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन् ।
२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुादे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए । यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो ।
अन्लाईनखबर र सेतोपाटीमा समाचार छ ।