बाबुराम भट्टराईको पार्टी त्याग आश्चर्यजनक भएको भन्दै पुनर्विचार गर्ने एमाओवादीको आशा (विज्ञप्तिसहित)
आश्विन ९ गते, २०७२ मा प्रकाशित
एकीकृत माओवादीले डा. बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु आश्चर्यजनक भएको भन्दै निर्णयमा पुनर्विचार गर्ने आशा व्यक्त गरेको छ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले शनिबार राति जारी गरेको विज्ञप्तिमा भट्टराईको घोषणाले आश्चार्य चकित बनाएको भन्दै भट्टराईले निर्णयमा पुनर्विचार गर्ने आशा व्यक्त गरिएको छ ।
कतिपय सन्दर्भमा पार्टी अध्यक्षसँग सौहार्दपूर्ण छलफल भइरहेको बेला केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा भट्टराईले पार्टी परित्याग गर्नु अस्वभाविक भएको विज्ञप्तिमा उल्लेख छ ।
संविधान लेखनको समग्र परिस्थितिको विषयमा छलफल गर्न एमाओवादीले आइतबार (भोलि)देखि केन्द्रीय समिति बैठक डाकेको छ । इमेजखबरमा समाचार छ ।