बाबुराम भट्टराईले राजेन्द्र महतोलाई फोन गरेर मधेस आन्दोलनमा समाहित गराउन अनुरोध र आफूलाई संविधान विरोधी र भारत परस्तको आरोप लगाएको गुनासो गरे

नेपाल सद्‌भावना पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई बाबुराम भट्टराईले फोन गरेर मधेस आन्दोलनमा समाहित गराउन अनुरोध गरेका छन्। 
आइबार दिउँसो भट्टराईले गरेको टेलिफोन सम्बादमा आफूले मधेस मुक्तिकै लागि राजीनामा गरेको बताउँदै उनले पार्टी भन्दा पनि देश ठूलो भएकोले देश बचाउनको लागि राजीनामा गरेको बताए।
प्रतिउत्तरमा नेता महतोले संविधान निर्माण पछि दिएको राजीनामा मधेसका जनताले पत्याउन नसकेको गुनासो गरेका थिए।
भट्टराईले आफूले मधेसको समर्थनमा बोलेकै कारण तीन दलका नेताले आफूलाई संविधान विरोधी र भारत परस्तको आरोप लगाएको गुनासो समेत व्यक्त गरेका थिए।
साथै उनले अब के गर्ने भन्दै मधेसमा मिलेर अगाडि जाऔ भन्दै महतोसँग नेता भट्टराईले अनुरोध समेत गरेका थिए। सेतोपाटीमा समाचार छ ।