एनेकपा माओवादीले विना जानकारी पार्टी सम्पर्क बाहिर रहेका नेताहरुसँग स्पष्टिकरण सोध्ने भएको छ। जारी केन्द्रिय समिति बैठकले प्रभु साह, लोकेन्द्र विष्ट, रामकुमार शर्मा, रामरिझन यादव र हेमन्त प्रकाश ओलीसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
विष्ट र ओलीले राजीनामा दिए स्विकृत नहुँदै स्पष्ट जानकारी विना पार्टी सम्पर्कमा नभएकोले स्पष्टिकरण सोध्न लागेको हो। विष्ट र ओलीलाई राजीनामा फिर्ता लिन समेत केन्द्रिय समितिले आग्रह गरेको छ। साहलाई भने संविधानमा हस्ताक्षर नगरेको, यादव र शर्मा पार्टी लाइन विपरित अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोध्न लागिएको हो।
यस्तै एमाओवादीले सबै प्रदेशमा प्रशिक्षण चलाउने भएको छ। १ नम्वर प्रदेशको असोज २० गते इटहरीमा, २ नम्वर प्रदेशको २५ गते तर स्थान स्थानीय तहमा छलफल गरेर टुंगो लगाउने, ३ र ४ नम्वर प्रदेशको १६ गते काठमाडौंमा, ५, ६ र ७ नम्वर प्रदेशको २३ र २४ गते बाँकेमा प्रशिक्षण गर्ने भएको छ।
यस्तै भारतीय नाकावन्दी विरुद्ध जनवर्गीय संगठन र मोर्चालाई आन्दोलनका कार्यक्रम तय गर्न निर्देशन दिएको छ। नागरिकन्युजमा समाचार छ ।