अन्तर्राष्ट्रिय उडानले हवाई इन्धन नपाउने

नेपाललाई बाँकी विश्वसँग दैनिक जोड्ने अन्तर्राष्ट्रिय उडानले मंगलबार मध्याह्नदेखि हवाई इन्धन नपाउने भएका छन् । १४ वटा मुलुकका २६ विमान कम्पनीले नेपाल उडान भर्छन् । यी वायु सेवा कम्पनीलाई आयल निगमको एयरपोर्ट डिपोले मंगलबार मध्याह्नदेखि लागू हुने गरी इन्धन नेपालबाहिरबाटै भरेर आउन भनेको छ ।
 अन्तर्राष्ट्रिय उडानले आज दिउँसोदेखि हवाई इन्धन नपाउने भएका छन्, अन्तर्राष्ट्रिय उडान भर्ने अपरेटरहरूको संस्था एयरलायन्स अपरेसन कमिटी-नेपाल (एओसी-एन) का अध्यक्ष भरत श्रेष्ठले भने । उनका अनुसार नेपालमा इन्धन अभाव भएको कारण देखाउँदै निगमले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई बाहिरबाटै तेल भरेर आउन अनुरोध गरेको हो ।
काठमाडौंमा तेल आपूर्ति सहज नभएसम्म अन्तर्राष्ट्रिय उडानहरूले भारतको लखनउ, दिल्ली, बंगलादेशबाट तेल भर्ने छन् । यसलाई उड्डयनको भाषामा टेक्निकल ल्यान्डिङ भनिन्छ ।
नेपाल वायु सेवा निगमका एक जना वरिष्ठ पाइलटका अनुसार अन्तर्राष्ट्रिय विमानहरूले टेक्निकल ल्यान्डिङ गर्नुपरेको यो दोस्रो घटना हो ।  २०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा पनि अन्तर्राष्ट्रिय उडानहरूले नेपालमा इन्धन अभाव झेल्नुपरेको थियो, ती पाइलटले भने । उनका अनुसार त्यसबेला निगमको बोइङ ७३७ जहाजले ढाकाबाट इन्धन ल्याएर मुलुकभित्र आपूर्ति गरेको थियो ।
नेपालमा उडान भरिरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूमध्ये मस्कट