नागरिकन्युज
नागरिकन्युजमा प्रकासित समाचार अनुसार संविधान जलाउने सर्तमा बाबुराम भट्टराईले जनकपुरमा प्रवेश पाएका छन्। संविधानमा हस्ताक्षर गरेको भन्दै यसअघि मधेसी मोर्चाले भट्टराईलाई जनकपुरमा प्रवेश रोक लगाउने निर्णय गरेको थियो।
धनुषामा बसेको एमाओवादीका मधेसी नेता रामचन्द्र झा, रामकुमार शर्मा र मधेसी मोर्चाको बैठकमा भट्टराईले संविधानका दफा जालाउने सहमति भएको थियो। सहमतिसँगै भट्टराईको जनकपुर यात्रा सहज हुने भएको छ।
भट्टराईजीले संविधानमा हस्ताक्षर गरेकाले उहाँलाई जनकपुर प्रवेशमा रोक लगाउने भनेका थियौं, संघीय समाजवादी फोरमका धनुषा अध्यक्ष शेषनारायण यादवलेभ ने, तर बाबुराम निकट नेताहरुले भट्टराईले संविधान जालाउने र तराई-मधेसमा जारी आन्दोलनको लिखित स्वागत गर्ने प्रतिबद्धता जनाएपछि उहाँलाई अवरोध नगर्ने भएका छौं।
उनका अनुसार स्वतन्त्र मधेस जनआन्दोलन संघर्ष समितिको आयोजनामा गोपाल धर्मशालामा कार्यक्रम हुँदैछ। संविधानमा भएका मधेसविरोधी दफाहरु जलाउने सहमति भएपछि बाबुराम भट्टराईलाई मोर्चाले अवरोध नगर्ने जनाएको छ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका संयोजक रामकुमार शर्माले भने, उहाँ आउने वितिकै नयाँ संविधानका दफाहरु जालनउने कार्यक्रम छ।