यो वर्षको मनसुन पूर्णरुपमा सकियो

मंगलबारदेखि यो वर्षको मनसुन पूर्णरुपमा सकिएको छ । सामान्यतया नेपालमा १ सय ५ दिन मनसुनी प्रक्रिया रहने भए पनि यो वर्ष १ सय ११ दिन रह्यो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले यो बर्ष औसतभन्दा ६ दिन मनसुन लम्बिएको बताए ।  हिजो (मंगलबार) देखि मनसुन सकिएको छ, मौसमविद् पौडेलले  भने । नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन रहन्छ ।
पौडेलका अनुसार यो वर्ष औसतभन्दा कम वर्षा गराएर मनसुन सकिएको हो । प्याट्रन पनि फेरियो, उनले भने, पूर्वमा अझ कम र पश्चिममा बढी वर्षा भयो । मनसुन अवधिमा औसत १४२२ मिलिमिटर वर्षा हुनुपर्नेमा यो वर्ष त्योभन्दा कम वर्षा भएको महाशाखाले जनाएको छ । ईकान्तिपुरमा समाचार छ।