धादिङको महादेववेशीमा ट्रिपरले ठक्कर दिँदा प्रहरी हवल्दार सहित ४ जनाको मृत्यु

धादिङको महादेववेशीमा गएराती ट्रिपरले ठक्कर दिँदा प्रहरी हवल्दार सहित ४ जनाको मृत्यु भएको छ। 

राती ७ बजेतिर बा ३ ख ४८२७ नम्बरको ट्रिपरले ठक्कर दिँदा प्रहरी चौकी महादेववेशीमा कार्यरत हवल्दार सुदर्शन हुमागाइँ र अरु ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ। 
मृत्यु हुनेमध्ये स्याङ्जाका ३० वर्षका सुन्दर भट्टराई र चितवनका नरेश लामा छन्। उनीहरु ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो। अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  महादेववेशी बजारमा ७ जना बसेर कुराकानी गरिरहेको बेला सबैलाई ट्रिपरले ठक्कर दिएको थियो। 
ठक्करबाट ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइते भएका छन्। घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। अरु ३ जनाको काठमाडौंमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ। पहिलोपोष्टमा समाचार छ ।