संघीय मधेशी मोर्चाले नेपाल-भारत सीमा नाकामा अवरोध कायमै राख्ने प्रष्ट पारेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाले सीमा नाकामा रोक लगाउने आफुहरुको कार्यक्रम यथावत रहेको जनाएको हो ।
पत्रकार सम्मेलनमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भारतले नाकाहरु सुचारु गर्न आदेश दिएकोबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए ।
सरकारले मधेशका माग सम्बोधन नगरेसम्म सीमा नाकाहरुमा अवरोध जारी रहने उनले बताए । मधेसका मागहरु सम्बोधन भएमा मोर्चाका कार्यकर्ताहरु तत्काल नाका क्षेत्रबाट घर फर्किने उनको भनाई छ । इमेजखबरमा समाचार छ ।