गुल्मीको रेसुंगा नगरपालिकाको दुवीचौरमा सोमबार यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
घाइतेहरुको तम्घास अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत भइसकेको छैन ।
बुटवलबाट गुल्मीको तमघास आउँदै गरेको लु१ख ४१६१ नम्बरको बसमा क्षमताभन्दा बढी यात्रु र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । इमेजखबरमा समाचार छ ।