१० दिनदेखि बन्द रहेको विराटनगर भन्सार नाका सोमबारबाट सुचारु भएको छ । भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको कारण भारतको जोगवनी नाका बन्द थियो ।
नाका खुला गर्न विषयमा नेपाल र भारतीय पक्षबीच आइतबार रानी भन्सारमा पाँच बुँदे सहमति भएपछि मालवहाक ट्रक नेपाल प्रवेश गर्न थालेका हुन् ।
सोमबार दिउँसो १२ बजेसम्ममा १३ ओटा डिजेल, १० ओटा पेट्रोल र २ ओटा ग्यास बुलेट भरिएका सवारी