प्रमुख तीन दलले गठन गरेको वार्ता टोली र मधेसी मोर्चाबीच भएको वार्तामा बुधबार पनि सहमति भएन ।
सिंहदरबारस्थित संसद सचिवालयमा भएको वार्तामा प्रदेश सीमांकनबारे प्रस्ट धारणा नआएको भन्दै मोर्चाले सीमानाकामा गरेको अवरोध फिर्ता नलिने अड्डी छाडेन ।
सरकारी वार्ता टोलीले भने नाकामा गरेका अवरोध हटाएर जनजीवन सहज गर्न आग्रह गरेको थियो ।
वार्तामा मधेसी मोर्चाले आफ्नातर्फबाट संविधान संशोधनका लागि ३५ बुँदे माग बुझाएका थिए ।
प्रदेश सीमांकनलगायत विषय समेटिएको मागमा छलफल भएपनि सहमति बन्न नसकेको हो । यद्यपि, शुक्रबार फेरि वार्ता गर्नेगरी बैठक टुंग्गिएको छ ।
मंगलबारको वार्ता पनि निष्कर्षविहीन भएको थियो । वार्तामा मधेसी मोर्चाले प्रदेश सीमांकनको टुंगो लगाउनेबारे तीन दलको स्पस्ट धारणा मागेको थियो । इमेजखबरमा समाचार छ ।
प्रमुख तीन दलले गठन गरेको वार्ता टोली र मधेसी मोर्चाबीच वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा जारी वार्तामा मधेसी मोर्चाले आफ्ना ३५ बुँदे माग बुझाएका छन् । संघीयताको सिमांकनलगायतका विषय समेटिएको मागका बारेमा बैठकमा छलफल भइरहेको छ ।
यसअघि मंगलबार भएको वार्ता निष्कर्षविहीन भएको थियो । वार्तामा मधेसी मोर्चाले प्रदेश सिमांकनको टुंगो लगाउनेबारे तीन दलको स्पष्ट धारणा माग गरेको थियो ।
तीन दलीय वार्ता टोलीले भने शीर्ष नेताहरुसँग थप छलफल गरी आजको बैठकमा जानकारी दिने बताएको थियो ।
त्यसैगरी तीन दलीय वार्ता टोलीले सिमा नाकामा अबरुद्ध गर्ने जस्ता विरोधका कार्यक्रम तत्काल फिर्ता गर्न आग्रह गरेकोमा मोर्चाले त्यसलाई अस्वीकार गरेको थियो । इमेजखबरमा समाचार छ ।