पोखरामा उडान भर्दै गरेको अल्ट्रा लाइट बेपत्ता

पोखरामा उडान भर्दै गरेको अल्ट्रा लाइट बेपत्ता भएको छ । 
माछापुछ्रे हिमालको आसपासबाट बिहान १०ः३५ बाट सम्पर्कबिहीन बनेको अल्ट्रा लाइट अझै सम्पर्कमा आएको छैन । अल्ट्रा लाइटमा पाइलटसहित दुई जना सबार छन् ।
बेपत्ता हुनेमा रुसी पाइलट भ्यालोरी बु्रटिन र दक्षिण अफ्रिकाकी यात्रु एलिजाबेत बेल रहेकी छिन् । उनिहरुको पोखरा अल्ट्रा लाइटको अन्य जहाज र हेलिकप्टरको सहयोगमा बाट खोजी कार्य भईरहेको छ ।  इमेजखबरमा समाचार छ ।