गृहमन्त्रालयले हिन्दुहरुको महान चाड विजया दशमीका अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म (असाेज २६ देखि कात्तिक ९ गतेसम्म) सरकारी बिदा दिने प्रस्ताव अघि सारेको छ । गृहमन्त्रालयको सो प्रस्तावमाथि बिहीबार बस्ने मन्त्रिपरिषदले निर्णय गर्ने बताइएको छ ।
गृहमन्त्रालयको यो प्रस्ताव भारतको अघोषित नाकाबन्दी र त्यसबाट मुलुकभर सिर्जित ईन्धन समस्या अल्पकालीन रुपमा समाधान गर्न केन्द्रीत रहेको बताइन्छ ।
गृहमन्त्रालय स्रोतका अनुसार घटस्थापनादेखि सरकारी कार्यालयलाई बिदा दिएर सरकारीस्तरमा खपत हुने इन्धन सार्वजनिक यातायातलाई दिन यस्तो प्रस्ताव गरिएको हो ।
इन्धनको अभावकै कारण लामो दुरीका यातायातमा अझै अग्रिम टिकट बुकिङ हुन सकिरहेको छैन । दशैं नजिकिइसकेको अवस्थामा इन्धन अभावका कारण यातायातमा टिकट बुकिङसमेत नखुल्दा राजधानीबाहिर आ-आफ्नो घरमा दशैं मनाउन जान इच्छुक सर्वसाधारण अन्योलमा परेका छन् । इमेजखबरमा समाचार छ ।