घटस्थापनादेखि नै दशैं बिदा दिने प्रस्ताव अस्वीकृत

गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनादेखि नै दशैं बिदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको हो ।
इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषद बैठकले प्रस्ताव अस्वीकृत गरेको हो । इमेजखबरमा समाचार छ ।