नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएकोमा असन्तुष्ट जनाउँदै शनिबार पदबाट राजीनामा दिएका छन्।
अरु दलसँग विगतमा भएका सहमति र सहकार्य कांग्रेसले तोडेकोले आफूले राजीनामा दिएको खड्काले बताए। लिखित राजीनामा केही छिनमा आउँछ खड्काले भने। प्रधानमन्त्रीमा कोइरालाको उम्मेद्वारी दिने कांग्रेसको शनिबारको निर्णयप्रति पनि आफ्नो नोट अफ डिसेन्ट रहेको खड्काले बताएका छन्।
खड्काले पार्टीले केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने बताउँदै आएका थिए। सेतोपाटीमा समाचार छ ।