म शक्तिको भोको भएर पदका लागि लडिरहेको होइन: शुसिल कोइराला

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री पदका उमेद्वार शुसिल कोइरालाले मुलुककासामू विद्यमान चुनौति समाधान गर्न उमेद्वारी दिएको बताएका छन्।
आफ्नो उमेद्वारी घोषणा गर्दै संसदमा उनले भने, मुलुकको आपुर्ती व्यवस्था सहज बनाउँदै शान्ति र समृद्धि अघि बढाउन मैले उमेद्वारी दिएको हूँ।
आफ्नो उमेद्वारीलाई अन्यथा नलिन उनले पटकपटक अनुरोध गरे।
आफू शक्तिको भोको व्यक्ति नरहेको बताउँदै उनले भने, म शक्तिको भोको भएर पदका लागि लडिरहेको होइन।
१६ बुँदे समहतिमा कतै पनि पदबाँडफाँड बारे उल्लेख नभएकोतर्फ संकेत गर्दै उनले भने, १६ बुँदे सहमतिमा यो कुरा कहाँनिर छ? मैले देखेको छैन।
सभापति कोइरालाले तराई मधेशमा रहेको समस्या वार्ता मार्फत सम्बोधन गर्ने र भारतसँग देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्ने बताए।
भारतले गरिरहेको अघोषित नाकाबन्दीले चाडबाडको मुखमा समस्या थपिएको भन्दै उनले कुटनीतिक पहलबाट नै यसको समाधान हुने बताए। सेतोपाटीमा समाचार छ ।