प्रधानमन्त्री केपी ओलीलाई नेपालका लागि भारतीय राजदूत राञ्जित रेले वालकोटस्थित ओली निवासमै पुगेर भेट गरी बधाई दिएका छन् ।
भेटमा राजदूत रेले दक्षिण सीमामा लगाएको नाकाबन्दी चाँडै हट्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत रे सोमबार बिहानै बालकोट पुगेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने प्रधानमन्त्रीमा चुनिएलगत्तै आइतबार नै टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाइ दिनुका साथै भारत भ्रमणको निम्तो दिएका थिए । चिनियाँ राजदूतले भने आइतबार नै प्रधानमन्त्री ओलीलाई भेटेर बधाई दिएका थिए । इमेजखबरमा समाचार छ ।