भारतको अघोषित नाकाबन्दी खुकुलो, पेट्रोलियम पदार्थका र ग्यासका गाडीहरु नेपाल भित्रन सुरु

भारतले सीमा नाकाहरुमा लगाउँदै आएको अघोषित नाकाबन्दी खुकुलो पार्दै लगेको छ । इमेजखबरमा समाचार छ ।  
नेपालीहरुको प्रमुख चाड दसैं घरदैलोमा आइसक्दासमेत नाकाबन्दी कायम रहेकोमा सोमबारदेखि नाकाहरु खुकुलो पारेपछि सर्वसाधारण आशावादी बनेका छन् ।
प्रमुख भन्सारनाका वीरगन्जबाहेक सबै नाका भएर सोमबार मालसामानका कन्टेनर र पेट्रोलियम पदार्थका गाडीहरु नेपाल प्रवेश गरेका छन् ।
सुनौलीबाट १०५ मालबाहक गाडी भित्रिए
एक सातादेखि ठप्प बनेको रुपन्देहीको सुनौली-बेलहिया नाका भएर सोमबार मध्याह्नदेखि मालबाहक कन्टेनर, पेट्रोलियम पदार्थका ट्यांकर र ग्यास बुलेटका गाडीहरु नेपाल भित्रन सुरु भएका छन् ।
स्थानीय प्रशासनले सीमा क्षेत्रबाट प्रदर्शनकारीलाई हटाएर भारतीय प्रशासनलाई सुरक्षाको प्रत्याभूति दिलाएसँगै मालबाहक सवारी