प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अघि नै आन्दोलनरत मधेसी दलहरुसँग वार्ता गरी सहमति कायम गर्ने बताएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि मंगलबार राष्ट्रपति डाक्टर रामवरण यादवसँग शिष्टाचार भेटघाटका लागि शितल निवास पुगेका ओलीले मधेसी दलहरुसँग तत्काल वार्ता गरी जसरी पनि समस्या समाधान गरिने बताएका हुन ।
उनले आन्दोलनमा रहेका मधेसी दलहरु संवैधानिक प्रक्रियामा आइसकेकाले अब वार्ताबाटै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटवार्तामा सामान्य कुराकानी मात्र भएको बताए । उनले अनौपचारिक भेटवार्ता भएकाले राष्ट्रपतिसँग अन्य महत्वपूर्ण कुरा नभएको सञ्चारकर्मीहरुलाई बताए । इमेजखबरमा समाचार छ ।