भारतीय आयल कर्पोरेसनद्धारा नेपाललाई दिने तेलमा कटौती

आयल कर्पोरेशन्स (आईओसी)ले इन्धन लोडिङमा पुन: कटौती गरेको छ ।

 निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आईओसीले इन्धन लिन भारत पुगेका ट्याङकरमध्ये अधिकाशलाई इन्धन दिएन ।  आईओसीले इन्धन दिन बोलाएको थियो । सोही अनुसार ट्याङ्कर पनि पठाएका थियौं, भटराईले भने, तर, प्रयाप्त मात्रामा लोड दिएन । झुक्याउने काम मात्रै भयो । उनका अनुसार बुधबार सिलगुडीमा १७ ट्याङकर इन्धन लिन गएका थिए । 
सिलगुडीमा ६ ट्याङकरलाई मात्रै लोड दिएको छ । बरौनीमा ४० ट्याङकर गएका थिए । ४० मध्ये २१ वटालाई लोड दिइएको छ । बेतालपुर नाकामा ३८ ट्याङ्कर गएका थिए । तीमध्ये ७ वटामा मात्रै लोडिङ दिइएको जनाएको छ । गोण्डामा १९ मध्ये १४ लार्इ, मथुरामा १२ मध्ये ७ ले तेल पाएका छन् । रक्सौलमा ६३ ट्याङ्कर छन् । ती ट्याङ्करलाई इन्धन लोड दिइएन । बिना जानकारी इन्धनमा कटौती गर्दा हामीलाई समस्या भएको छ । 
आईओसीका अधिकारीहरुसँग बुझ्ने प्रयास गरिरहेका छौं, उनले भने,  तर,कर्मचारीहरु सम्पर्कमा आउन चाहेका छैनन् ।
इन्धन लिन बोलाएर लोड नदिदा चालकहरु प्नि उप्ठ्रोमा परेको निगमको भनाई छ । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि आईओसीले शनिबारदेखि लोडिङ बढाएर तेल दिएको थियो । आईओसीले निगमलाई टेलिफोन गरेर माग अनुसार पेट्रोलियम पदार्थ दिने भन्दै ट्यांकर पठाउन आग्रह गरेको थियो । निगमले पनि सोही अनुसार ट्याङ्करहरु पठाएको थियो । ईकान्तिपुरमा समाचार छ ।