दाङको त्रिपुरा नगरपालिकाका कार्यकारी अधिकृत जितबहादुर केसी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केसीलाई बुधबार एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको मध्यपश्चिम क्षेत्रीय कार्यालयको नेपालगन्जस्थित सम्पर्क कार्यालयका अनुसार केसीले नगरपालिकाअन्तर्गत् इन्जिनियर रोशन दुलाललाई नियुक्त गर्न रकम मागेका थिए ।
केही दिनअघि सर्वदलीय बैठकले दुलाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । इमेजखबरमा समाचार छ ।