राष्ट्रपति डा. रामवरण यादवले दलहरुले निर्णय गरे आफू जस्तोसुकै जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् ।
भारतीय पत्रिका द हिन्दूलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति डा. यादवले राजनीतिक दलहरुले चाहेमा आफू फेरि राष्ट्रपति हुन तयार रहेको बताएका हुन् । लामो मौनता तोड्दै यादवले फेरि राष्ट्रपति हुने इच्छा देखाएका हुन् ।
राष्ट्रपति यादवले अबको राष्ट्रपति मधेसी समुदायकै व्यक्ति हुनु राम्रो हुने सुझाव पनि दिएका छन् ।
नेपालमा प्रतिनिधिमूलक सरकार चाहिने भन्दै उनले देश र राजनीतिक दलहरुले माग गरे भने राष्ट्रपतिका रुपमा फेरि देशको सेवा गर्न तयार रहेको बताए ।
मधेसको समस्या कार्पेटमुनि राखेर समाधान गर्न नसकिने पनि राष्ट्रपति डा. यादवको भनाइ छ ।
संसदले दशैंलगत्तै नयाँ राष्ट्रपतिको चुनाव गर्ने तयारी गरिरहँदा राष्ट्रपति यादवले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । यद्यपि, सरकारको नेतृत्वकर्ता दल एमाले स्वयंले राष्ट्रपति आफ्नो दलबाट बनाउने तयारी गरिरहेको छ । इमेजखबरमा समाचार छ ।