कांग्रेसका सांसद गौचन भ्रष्टाचारविरुद्ध सञ्जाल गोप्याकको सार्क सचिवमा निर्वाचित

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री रोमी गौचन थकाली भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन (गोप्याक)को दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीय कार्यसमितिको सचिवमा निर्वाचित भएका छन् ।
इन्डोनेसियाको जकार्तामा हालैसम्पन्न भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन गोप्याकको छैटौं विश्व सम्मेलनबाट गौचन सार्क क्षेत्रको सचिवका साथै अन्तर्राष्ट्रिय समितिको बोर्ड सदस्यमा पनि चुनिएका जनाइएको छ ।
विश्व कार्यसमितिको सात सदस्यीय सदस्यमा सर्वसम्मत निर्वाचित सांसद गौचन यस संस्थामा लामो समयदेखि आवद्ध छन् ।
७२ सदस्यराष्ट्र र अरु राष्ट्रका गरी करीब तीन सय सांसद सहभागी जकार्ता सम्मेलनमा विश्वमा भइरहेको भ्रष्टाचारको नयाँ