नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री रोमी गौचन थकाली भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन (गोप्याक)को दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीय कार्यसमितिको सचिवमा निर्वाचित भएका छन् ।
इन्डोनेसियाको जकार्तामा हालैसम्पन्न भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन गोप्याकको छैटौं विश्व सम्मेलनबाट गौचन सार्क क्षेत्रको सचिवका साथै अन्तर्राष्ट्रिय समितिको बोर्ड सदस्यमा पनि चुनिएका जनाइएको छ ।
विश्व कार्यसमितिको सात सदस्यीय सदस्यमा सर्वसम्मत निर्वाचित सांसद गौचन यस संस्थामा लामो समयदेखि आवद्ध छन् ।
७२ सदस्यराष्ट्र र अरु राष्ट्रका गरी करीब तीन सय सांसद सहभागी जकार्ता सम्मेलनमा विश्वमा भइरहेको भ्रष्टाचारको नयाँ