तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा ताप्लेजुङको सिवानी हाइड्रोपावरद्धारा सञ्चालित ५ मेघावट क्षमताको फावाखोला जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ ।
गत चैतमा नै निर्माण सम्पन्न हुने भनिए पनि विभिन्न पार्टी र संगठनको बन्दका कारण घोषित समयमा आयोजनाको काम सम्पन्न भएको थिएन ।
दसैं अघि सक्ने लक्ष्यका साथ काम भइरहेको समयमा पुनः तराई बन्द र भारतको अघोसित नाकाबन्दीका कारण कामदार र पेट्रोलियम पदार्थ ल्याउन नसक्दा आगामी कात्तिकमा पनि काम सक्ने सम्भावना नरहेको फावाखोला जलविद्युत आयोजनाका प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
आयोजनाले अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइरहेको छ । करिब ८० करोड रुपैयाँमा आयोजनाको काम सक्ने लक्ष्य राखिए पनि आयोजनाको लागत अहिले नै १ अर्ब रुपैयाँमाथि पुगिसकेको आयोजनाले जनाएको छ । इमेजखबरमा समाचार छ ।