झण्डै पाँच दशकदेखि राजनीतिमा होमिदै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि मन्त्री बन्ने भएका छन्।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र केसीबीच भएको छलफल पछि मन्त्री बन्ने टुंगो लागेको हो । केसीले शहरी विकास वा अन्य कुनै मन्त्रालय पाउने भएका छन् ।
स्रोतका अनुसार केसीको इच्छा अनुसार ओली उनलाई मन्त्री बनाउन तयार भएका हुन् । सत्तामा नजाने भन्दै लामो समय राजनीतिमा होमिदै आएका केसी अन्ततः ओली सरकारमा सहभागि हुने भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।