लगातारको तराई बन्द र त्यसमाथि थपिएको नाकाबन्दीले पुर्वी पहाडि जिल्लामा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्री सहज हुन नसक्दा नेपालीहरुको मुख्य चाड दसैं प्रभावित बनेको छ ।
मालसामान आपूर्ति गर्ने नाका तराईमा बढी भएकाले पुर्वी पहाडमा समेत बन्दको सोझो असर परेको हो । खाना पकाउने ग्यास र दैनिक उपभोग्य बस्तुको अभाव र महँगीको कारण पूर्वी क्षेत्रका नागरिक अभाव र तनाबकै बीच पनि उमंगका साथ दसैं मनाउन तयारी भने गरिरहेका छन् ।
पुर्वी पहाडि जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुरमा विगतको तुलनामा यस वर्ष दसैंको चहलपहल कमै देखिन्छ । किनमेल र चाडपर्व मनाउन शहरबाट गाउँ फर्किनेको संख्या कम छ भने गाउँबाट शहर जानेको संख्या पनि न्यून रहेको छ ।
लगातारको तराई बन्द र भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण यातायातका साधन कमै मात्र चल्दा तराई र राजधानीबाट स्थानिय गाउँ आउन सकेका छैनन् ।
दशैको समयमा भिडभाड हुने ताप्लेजुङ सदरमुकाम फुङलिङमा पनि दसैंका लागि लत्ताकपडा लगायत सामग्री ग्राहकको मागअनुसार नहुँदा चलहपहल सुन्य जस्तै छ । इमेजखबरमा समाचार छ ।