दशैमा काठमाडौंबाट विभिन्न जिल्ला फर्किने यात्रीलाई सकस

अघोषित नाकाबन्दी र तराईमधेशमा जारी आन्दोलनका कारण दसै‌मा काठमाडौंबाट विभिन्न जिल्ला फर्किने यात्रीले सकस व्यहोर्नु परेको छ। टिकटको अग्रिम बुकिङ नखुलेको र पर्‍याप्त बस नचलेका कारण यात्रीले समस्या व्यहोर्नु परेको हो। 
गतबर्ष दसै‌अघि राजधानी उपत्यकाबाट २६ लाख मानिस बाहिरिएका थिए। यसबर्ष यो संख्या घटेको छ। कतिपय मानिसहरु भने सकसका साथ यात्रा गरिरहेका छन्। 
काठाडौंको नयाँ बसपार्क, कोटेश्वर र कलङ्की लगायतका स्थानमा घर जाने गाडि खोज्ने मानिसहरुको घुँइचो छ। उनीहरु गाडी पर्खिएर सडकमा  घण्टौं बिताउन बाध्य छन्। इमेजखबरमा समाचार छ ।