एमालेले समानुपातिकबाट सांसद बनाएकी राज्यलक्ष्मी गोल्छाको राजीनामा

नेकपा एमालेले समानुपातिकबाट सांसद बनाएकी राज्यलक्ष्मी गोल्छालाई राजीनामा दिन भनेको छ।
 
एमाले स्थायी कमिटी बैठकले गोल्छालाई सांसद पदबाट राजीनामा गर्न निर्देशन  दिएको हो।
 
उनले पार्टीको नियम उल्लंघन गरेकाले सांसदबाट हटाउने निर्णय गरेर प्रकृया पनि सुरु गरिसकेको एमाले नेता प्रदिप ज्ञावलीले बताए।
 
एमालेले मधेसी कोटाबाट समानुपातिक सांसद बनाएको थियो। गोल्छा संविधान जारी हुँदा संविधानसभामा उपस्थित थिइनन्। प्रधानमन्त्रीको निर्वाचनमा मत दिन पनि उनी आएकी थिइनन्। सेतोपाटीमा समाचार छ ।