परराष्ट्रमन्त्री कमल थापाद्धारा भारतको अघोषित नाकाबन्दीबारे ध्यानाकर्षण

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।
हैदरावाद हाउसमा भएको भेटवार्तामा उपप्रधानमन्त्री थापाले भारतीय विदेशमन्त्रीसँग भारतको अघोषित नाकाबन्दी र त्यसबाट परेको असरबारे ध्यानाकर्षण गराएको बताइएको छ ।
भेटवार्ताको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपी थापाले भारतीय विदेशमन्त्रीसँग थप छलफल गर्ने सम्भावना रहेको भारतीय अखबार  दि इन्डियन एक्सप्रेस  ले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालका उपप्रधानमन्त्री थापाको भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । यो भ्रमणले सबै विषयको चर्चा गर्ने अवसर प्रदान गरेको छ जसबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुन सक्छ, उनले भने ।
यसअघि उपप्रधानमन्त्री थापाले भारतीय विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गरेका थिए । थापाले भारतीय विदेश सचिवसँग आफू बसेकै होटल  ओबराय मा करिब एक घण्टा भेटवार्ता गरेका थिए । इमेजखबरमा समाचार छ।