यसवर्षको दसैं घाम लागेर घमाइलो हुने

काठमाडौं, कात्तिक ४ – यसपालीको दशैं घमाइलो हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिलेसम्मको अनुमानले दशैंमा पानी पार्ने मौसमी प्रणाली विकास नहुने देखाएको महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।
उहाँका अनुसार महाशाखाले अहिले ३ दिनसम्मको मौसमी भविष्यवाणी गर्ने गरेको छ र यो ३ दिनमा पानी पर्ने कुनै संकेत छैन । यसपछि पनि पानी पार्ने कुनै वायु विकास हुने सम्भावना नदेखिएको मौसमविद रिमालले बताउनुभयो ।
यस्तै आज देशभरको मौसम सामान्यतया सफा रहनेछ । मध्य पश्चिम र पूर्वी भागमा आंशिक बद्ली हुने सम्भावना भए पनि पानी नपर्ने महाशाखाले जनाएको छ । विहानीपख कुहिरो लागेपनि दिउँसो घाम लाग्नेछ ।