बडादसैंको महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठमा गई शक्ति स्वरूपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गरेका छन् ।
सो अवसरमा राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायत शक्तिपीठमा देवीको अर्चना एवम् दर्शन गरे ।
ती शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि ठूलो भीड लागेको छ । अन्लाईनखबरमा समाचार छ ।