राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सबै सदस्यद्धारा राजीनामा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलसहित सबै सदस्यले राजीनामा दिएका छन् ।
उनीहरुले आइतबार प्रधानमन्त्री कार्यालयमा राजीनामा पेस गरेका हुन् ।
उपाध्यक्ष पोख्रेलसहित सदस्य सबैले सामूहिक रुपमा राजीनामा बुझाएको सदस्य स्वर्णिम वाग्लेले जानकारी दिए ।
सुशील कोइराला सरकारको पालामा कांग्रेस कोटाबाट उपाध्यक्षमा पोखरेल, सदस्यहरू स्वर्णिम वाग्ले, भारतेन्द्र मिश्र र यज्ञबहादुर कार्की नियुक्त भएका थिए ।
यस्तै, एमाले कोटाबाट सदस्य गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राई नियुक्त भएका थिए ।
आयोगको बैठक बसेर निर्णय नै गरेर राजीनामा पेस गरिएको बताइएको छ । सरकार परिवर्तनपछि आयोग अधिकारीहरुले राजीनामा दिने नियमित प्रक्रिया भए पनि सामुहिक रुपमै अघि बढ्ने सोचका कारण सबैले सामुहिक रुपमा राजीनामा दिइएको जनाइएको छ । इमेजखबरमा समाचार छ ।