मधेसी मोर्चाका कार्यकर्ताद्धारा जनकपुरमा लाठी जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेका छन् ।
आन्दोलन सशक्त बनाउने घोषणा गरेको मोर्चाले तराई-मधेसका विभिन्न जिल्लामा आइतबार आफ्ना गतिविधि बढाउने क्रममा जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको हो ।
बिहानैदेखि प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।
मोर्चाले अनिश्चितकालीन बन्दको ७३ औं दिन जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको हो ।
जनकपुरको जनकचोकबाट शुरु भएको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा पुगेर सम्पन्न भएको थियो ।
जुलुसमा सहभागी आन्दोलनकारीले आफ्ना माग पुरा गराउन दबाब दिँदै विभिन्न नारा लगाएका थिए ।
७३ दिनदेखिको बन्दका कारण जनकपुरलगायतका स्थानको जनजीवन कष्टकर बनेको छ । इमेजखबरमा समाचार छ ।