विनाशकारी भूकम्प गएको ६ महिना बितिसक्दा पनि अझै सयौं मानिसहरु खुला चौरमा पालभित्र बास बस्न बाध्य छन्।
वर्षायाम जसोतसो कटाएका उनीहरुलाई अब कठ्याङ्ग्रिने जाडोयाममा के गर्ने भन्ने चिन्ता परेको छ ।
राजधानीका विभिन्न ठाउँमा पालमा बसेका ती पीडितहरुलाई भूकम्प लगत्तै घर फर्कन सरकारले भनेको थियो।
सरकारी अधिकारीहरु आफूहरुले केही गर्न नसक्ने बताउँछन्।
भूकम्प लगतै पीडितहरुका लागि सरकारले व्यवस्था गरिसकेकाले अन्य कुनै पनि सुविधा दिन नसक्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए।
उनले भने, उहाँहरु सम्बन्धित जिल्ला जानुपर्यो, सरकारले १५ हजार रुपैयाँ दिएको छ, त्यहाँ घर बनाउनुपर्यो, सरकारले जति दिएको छ त्यसबाट घर बनाउनुपर्यो, पहिले चाहिँ विस्थापितहरुलाइ आफ्नै जिल्लामा फर्काउने हाम्रो योजना हो।
तर यति महिनासम्म पनि उनीहरुको गाउँघरमा वैकल्पिक बसोबासको व्यवस्था हुन नसकेकाले उनीहरु विचल्लीमा परेका छन्।
वैशाख १२ र २९ गतेको भूकम्पपछि राजधानी काठमाण्डौका खुला स्थानमा मात्रै पाँच सयभन्दा धेरै परिवारहरु बस्दै आएका छन्।
वर्षायाममा दुःख पाएका उनीहरु अब जाडोमा कसरी गुजारा गर्ने भन्ने चिन्तामा छन्।
धादिङकी ६५ वर्षीया पेमाया तामाङ भन्छिन्,