पाल्पाको झिरुवासमा बिरामी बोकेको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।
दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।
आइतबार राति अबेर भएको दुर्घटनामा झिरुवास-६ का गुणराजसिंङ ठकुरी र झनबहादुर पाटाको घटनास्थलमै र युवराज खाम्चाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झिरुवासबाट रामपुरतर्फ बिरामी बोकेको लु१ज २६४७ नम्बरको जिप झिरुवास-७ लाकुरीमा कच्ची सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको रामपुर अस्पतालमा प्राथमिक उपचारपछि लुम्बीनी मेडिकल कजेल पठाइएको छ ।
यात्रुबस पल्टिँदा १५ जना घाइते
गुल्मीको बलेटक्सारबाट बुटवलका लागि छुटेको लु१ख ५१८८ नम्बरको यात्रुबहाक बस सोमबार बिहान पाल्पा अर्गली-१ कुडापानीमा दुर्घटना भएको छ ।
गुडिरहेको बसको ब्रेक फेल भइ सडकमा पल्टिँदा १५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनमा उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।