एमालेमा ठुलो भष्ट्चार ! र्टचर दिएर सांसद् राज्यलक्ष्मी गोल्छाबाट करिब ७ करोड चन्दा अशुली

गाेल्छासँग कान्तिपुरले लिएकाे अन्तर्वार्ताकाे अडियाेकाे सारांश सुन्नुहाेस् ।

शुक्रबार कान्तिपुरसँग कुराकानी गर्दै आफूले एमाले पार्टी र नेताहरुलाई अहिलेसम्म करिब ७ करोड चन्दा दिएको बताएकी एमाले सांसद् राज्यलक्ष्मी गोल्छाले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आर्थिक सहयोग गरेको दोहोर्‍याएकी छन् ।

आफूलाई भारतीय बेट भएकाले सांसद्बाट राजीनामा गर्न दबाब दिइएको बताउँदै उनले आफूले कुनै पनि हालतमा राजनीनामा नगर्ने बताएकी हुन् । प्रधानमन्त्री चुनावमा आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुँदा पनि मतदान गर्न उपस्थित नभएको भन्दै उनलाई राजीनामा गर्न दबाब परेको छ । उनले आफ्नो स्वास्थ्य खराब भएकाले उपस्थित नभएको बताउँदै स्पष्टीकरणको मौका समेत नदिई राजीनामा गर्न भनिएको पनि पत्रकार सम्मेलनमा बताइन् ।
उनले पार्टी नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई र प्रदीप ज्ञवालीलगायतले पटक-पटक फोन गरेर राजीनामा दिन र्टचर गरेको पनि आरोप लगाइन् । कहीले अंगीकृत नागरीकताको कुरा झिक्ने त कहिले लिङ्ग र जातको कुरा गर्ने, यस्तो अपमान सहन म तयार छैन, उनले उनले भनिन्, मलाई के कारण सभासदवाट हटाइन लागिएको हो त्यसको प्रष्टीकरण पार्टीले दिनु पर्छ ।  गोल्छाले अहिलेसम्म एमाले पार्टीलाई निकै आर्थिक सहयोग गरेको दावी गरिन् ।
धेरै कुरा नभनौं केन्द्रियदेखि स्थानीय नेता, युवा संघलगायत धेरैलाई मैलै आर्थिक सहयोग गरेकी छु, हिसाबै गर्ने हो भने ६ करोड भन्दा माथि पुग्छ,  उनले भनिन,  भुकम्पका बेला युवा संघमार्फत् गरेको र अन्य हिसाब जोड्ने हो भने १५ करोड रूपैयाँभन्दा बढी रकम एमालेलाई दिइसकेकी छु । उनले सभासद् कोष र पारिश्रमिकबापतको रकम पनि पार्टीलाई नै दिने गरेको बताइन् । सभासद बन्ने बेलामा पार्टी नेता झलनाथ खनालले ५ करोड रुपैयाँ मागेको पनि उनले दोहोर्‍याइन् ।
प्रधानमन्त्री निर्वाचनका बेला आफू स्वास्थ्य उपचारका लागि दिल्ली गएको र त्यो कुरा पार्टी अध्यक्ष र उपाध्यक्षलाई पहिला नै जानकारी गराएको उनको भनाइ छ ।  मैले पार्टीका अध्यक्ष केपी शर्मा ओली र सचेतक अग्नि खरेललाई खबर गरेरै दिल्ली गएको थिएँ, उनले भनिन्,  यो कुरा विद्या दिदीलाई पनि थाहा छ, त्यसका सबै प्रमाण मसंँग सुरक्षीत छन् ।  उनले महाभूकम्पको बेला डाक्टर, खाद्यान्न, जस्तापाता, औषधी किन्नु छ भनेर पटक-पटक पैसा लगेको पनि दावी गरिन् । ईकान्तिपुरमा समाचार छ ।