कांग्रेसले कुलबहादुर गुरुङ र एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने

संसदको ठूलाे दल नेपाली कांग्रेसले पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र  एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने भएको छ। 
संसदको सबैभन्दा ठूलाे दल नेपाली कांग्रेसले पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने भएको छ। सभापति सुशील कोइरालाले सोमबार बिहान गुरुङलाई टेलीफोन गरी राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका हुन्।
मंगलबार बिहान बस्ने पार्टी पदाधिकारी बैठकले अन्तिम निर्णय गर्न बाँकी रहेपनि कांग्रेसले गुरुङलाई नै अघि सार्ने कोइराला निकट स्रोतको दाबी छ । पूर्व सभामुख तारानाथ रानाभाटसहित विभिन्न नेताहरुको नाम आएको थियो, सभापति कोइराला निकट स्रोतले भन्यो, पार्टीका पुराना नेता गुरुङलाई नै पार्टीले उम्मेदवार बनाउने छ । 
गुरुङले खवर राम्रो आएको बताउँदै सहयोग गर्न आग्रह गरे।  खवर राम्रै छ, भने,  सबैले सहयोग गर्नु पर्‍याे। 
एमालेले राष्ट्रपति उम्मेदवारको रुपमा विद्या भण्डारीलाई अघि सारिसकेको छ। ११ गते संसदमा राष्ट्रपतिको गोप्य मतदान हुँदैछ। नागरिकन्युजमा समाचार छ ।