नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पद तथा गोपनीयताको सपथ
कार्तिक १२ गते, २०७२ मा प्रकाशित
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।
बिहिबार अपरान्ह ३ बजे राष्ट्रपति भवन परिसरमा आयोजित विशेष कार्यक्रममा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनलाई पद तथा गोपनियताको सपथ खुवाएका छन्।
सपथ ग्रहण गराउने क्रममा श्रेष्ठले मुलुक, जनता र ईश्वरको नाममा सपथ लिन्छु भन्ने बाक्यांश पढेपछि नवनिर्वाचित राष्ट्रपति भण्डारीले पनि पछ्याउदै ईश्वरको नाममा सपथ लिएकी थिइन्।
यसअघि नेपालको प्रधानमन्त्री पदमा पुगेका वा मन्त्री बनेका कुनै पनि बामपन्थी नेताहरु त्यसमा स्वयम् विद्यादेवी भण्डारी मन्त्री हुदा पनि ईश्वरको नामको सट्टा जनताको नाम मात्रै उच्चारण गर्ने गरेका थिए।
त्यसपछि भण्डारीले सपथ पत्रमा हस्ताक्षर गर्दै निर्वतमान राष्ट्रपति यादवसँग परिचय गर्दै एक अर्काको सिट साटेका थिए।
त्यसपछि यादवले प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा सबैसँग मञ्चबाट अभिवादन गर्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
यादवको विदाइपछि सेनोको टुकडीले नयाँ राष्ट्रपतिको सम्मानमा सम्मान गारक पेश गरेको थियो।
त्यसपछि नयाँ राष्टपति भण्डारीलाई उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्तिमगर, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, पूर्वसभामुख राज्यमन्त्रीहरुले परिचय तथा बधाइ ज्ञापन गरेका थिए।
त्यसैगरी संबैधानिक निकायका प्रमुख, संसदका महासचिव, राजनीतिक दलका नेता तथा सभासदहरुले पनि बधाई दिएका थिए। सेतोपाटीमा समाचार छ ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार दिउँसो पद तथा गोपनीयताको सपथ लिँएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भव्य समारोहकाबीच संविधानअनुसार प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई सपथ दिलाएका हुन् ।
सपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गरेका छन् ।
आजै निवर्तमान राष्ट्रपति रामवरण यादवसँग कुर्सी साटासाट गरेर नवनियुक्त राष्ट्रपति भण्डारीले पदभार ग्रहण गरेकी थिईन ।
शितल निवासमै बिदाई कार्यक्रम पछि निवर्तमान राष्ट्रपति रामवरण यादवले आज ५ बजे शितल निवास छाड्ने छन् । उनी सरकारले उपलब्ध गराएको ललितपुरकाे बागडाेलस्थित भवनमा सर्नेछन् ।
यादवले ७ बर्ष ३ महिनापछि शितल निवास छाड्न लागेका हुन् । संसदमा हिजो बुधबार भएको निर्वाचनमा ३२७ मत ल्याउँदै भण्डारी राष्ट्रपतिमा विजयी भएकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।