मनाङ सदरमुकाम चामेलगायत नौं वटा गाउँ विकास समितिमा बुधबार रातिबाट बर्षासहित हिमपात भएको छ ।
हिमपातले जिल्लामा चिसो ह्वात्तै बढाएको छ । हिमापातबाट कृषक भने खुशी भएका छन् । अचानक भएको हिमपातले जिल्लामा घुम्न पुगेका पर्यटकमा पनि खुशी थपिदिएको छ ।
चामेलगायत पिसाङ, घ्यारु, नावल, भ्राका, मनाङ, ट्ंकी मनाङ, खाङसार र नार्फुमा हिमपात भएको हो ।
यता, काठमाडौं लगायतका बिभिन्न जिल्लामा पनि बुधबार रातिबाट बर्षा भएपछि जाडो बढेको छ । इमेजखबरमा समाचार छ ।