नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले ईश्वरको नाममा सपथ लिएकी पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।
बिहिबार अपरान्ह ३ बजे राष्ट्रपति भवन परिसरमा आयोजित विशेष कार्यक्रममा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनलाई पद तथा गोपनियताको सपथ खुवाएका छन्।
सपथ ग्रहण गराउने क्रममा श्रेष्ठले मुलुक, जनता र ईश्वरको नाममा सपथ लिन्छु भन्ने बाक्यांश पढेपछि नवनिर्वाचित राष्ट्रपति भण्डारीले पनि पछ्याउदै ईश्वरको नाममा सपथ लिएकी थिइन्।
यसअघि नेपालको प्रधानमन्त्री पदमा पुगेका वा मन्त्री बनेका कुनै पनि बामपन्थी नेताहरु त्यसमा स्वयम् विद्यादेवी भण्डारी मन्त्री हुदा पनि ईश्वरको नामको सट्टा जनताको नाम मात्रै उच्चारण गर्ने गरेका थिए।
त्यसपछि भण्डारीले सपथ पत्रमा हस्ताक्षर गर्दै निर्वतमान राष्ट्रपति यादवसँग परिचय गर्दै एक अर्काको सिट साटेका थिए।
त्यसपछि यादवले प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा सबैसँग मञ्चबाट अभिवादन गर्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
यादवको विदाइपछि सेनोको टुकडीले नयाँ राष्ट्रपतिको सम्मानमा सम्मान गारक पेश गरेको थियो।
त्यसपछि नयाँ राष्टपति भण्डारीलाई उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्तिमगर, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, पूर्वसभामुख राज्यमन्त्रीहरुले परिचय तथा बधाइ ज्ञापन गरेका थिए।
त्यसैगरी संबैधानिक निकायका प्रमुख, संसदका महासचिव, राजनीतिक दलका नेता तथा सभासदहरुले पनि बधाई दिएका थिए। सेतोपाटीमा समाचार छ ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको दोस्रो राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै एमाले पार्टी सदस्यता सहित सम्पूर्ण जिम्मेवारी र संसद सदस्यताबाट राजीनामा दिएकी छन्।
नयाँ संविधानको धारा २९७ को उपधारा ३ बमोजिम बुधबार संसदमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई १ सय १३ मत अन्तरले पराजित गर्दै पहिलो महिला राष्ट्रपति बनेकी हुन्।
भण्डारीले बिहीबार एक बक्तव्य जारी गरी यस्तो घोषणा गरेकी हुन।
उक्त निर्वाचनमा ५ सय ९७ सदस्य रहेको संसदमा खसेको ५ सय ४९ मतमा भण्डारीले ३ सय २७ मत प्राप्त गरी निर्वाचित भएकी थिइन।
भण्डारीद्धारा बुधबार जारी प्रेस विज्ञप्ति अनुसार, उनले राष्ट्रपति पदको गरिमा र संविधान प्रदत्त दायित्व निष्पक्षतापूर्वक निर्वाह गर्न आफू सम्बद्ध राजनीतिक दल एमालेको केन्द्रीय उपाध्यक्ष, सो दलसँग सम्बन्धित जनवर्गिय संगठनको नेतृत्व लगायत संसद सदस्यको जिम्मेवारीबाट राजीनामा गरेकी हुन्।
आफूलाई मुलुकको गरिमापूर्ण पदको जिम्मेवारीमा पुर्याउन सहयोग गर्ने पार्टी एमाले, त्यसका नेता तथा कार्यकर्ता र सबै राजनीतिक दल तथा सांसदहरु र आमजनतामा हार्दिक धन्यवाद पनि दिएकी छन्। सेतोपाटीमा समाचार छ ।