निवर्तमान राष्ट्रपति रामवरण यादवले बिहिबार साँझ शितलनिवास छोडेका छन्। नेपाल सरकारले शितल निवासको प्रभास हलमा साँझ विदाई कार्यक्रम गरेको थियो। विदाई कार्यक्रममा निवर्तमान राष्ट्रपति यादवलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा, माला र भगवान गौतम बुद्धको मूर्ति उपहार दिएका थिए। त्यस्तै नेपाली सेनाका निवर्तमान परामाधिपति समेत रहेका यादवलाई प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काँचमा भरिएको कलश उपहार दिए। राष्ट्रपति कार्यालयका तर्फबाट सचिव टेकाप्रसाद ढुंगानाले नेपाली