देशभर वर्षा, शनिबारबाट देशैभरको मौसम सफा रहने

राजधानी काठमाडौैँलगायत देशका विभिन्न भागमा विहीबार वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले विहीबार देशभर बादल लाग्ने तथा मौसम बदली भइरहने जनाएको छ ।
पश्चिमी वायुसँगै अरब सागरमा न्यून चापीय क्षेत्र विकास भएकाले देशभरको मौसममा बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
अरब सागरमा विकसित न्यून चापीय क्षेत्र विस्तारै पूर्वतर्फ सदै गरेकाले पूर्वमा पनि वर्षा हुने जनाइएको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार दिँउसोबाट मौसममा सुधार आउनेछ भने पर्सी (शनिबार)बाट देशैभरको मौसम सफा रहने मौसमविद् पौडेलले जानकारी दिए ।
काठमाडौैँ उपत्यकामा पछिल्लो २४ घन्टामा १० मिलिमिटर पानी परेको छ । दाङमा भने सबैभन्दा बढी १८ दशमलव ८ मिलिमिटर पानी परको महाशाखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।