नागरिक समाजका अगुवाहरुद्धारा भारतले लगाएको नाकाबन्दी खुलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

नागरिक समाजका अगुवाहरुले भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
कुलचन्द्र गौतम, डा. केदारभक्त माथेमा, डा. भगवान कोइराला, निलाम्बर आचार्य, कनकमणि दीक्षित, मेघ आले, चाँदनी जोशी, अर्जुन कार्की, अनुराधा कोइराला, सुशील प्याकुरेल, दिनेश त्रिपाठी, कपिल श्रेष्ठलगायतले शुक्रबार विज्ञप्ति जारी गरी भारतले दुई महिनादेखि लगाएको नाकाबन्दीबाट नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै नाकाबन्दी अन्त्यका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।
भारतले लगाएको अघोषित नाकाबन्दी राष्ट्रसंघद्वारा प्रदत्त मानवअधिकारविरुद्धको एकतर्फी तथा बलजप्mती क्रियाकलाप भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
भारतको नाकाबन्दी पञ्चशीलको सिद्धान्त, सार्क तथा विमिस्टेक अवधाराणा र नेपाल