भारतको अघोषित नाकाबन्दीपछि दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा इन्धन भित्रियो

भारतको अघोषित नाकाबन्दीपछि दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा इन्धन भित्रिएको छ। दाङकालागि शनिबार एकै पटक ८० हजार लिटर इन्धन भित्रिएको हो।
 
भारतले गरेको अघोषित नाकाबन्दीपछि जिल्लामा यति ठूलो परिमाणमा इन्धन भित्रिएको पहिलो पटक भएको नेपाल आयल  निगमको राप्ती अंचल कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बताए। जिल्लामा भित्रिएको इन्धनमध्ये २० हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।
 
जिल्ला भित्रिएको इन्धनमध्ये ३० हजार लिटर डिजेल र १२ हजार लिटर पेट्रोल घोराहीबाट वितरण गरिने र  ३० हजार लिटर डिजेल र ८ हजार लिटर पेट्रोल तुलसीपुरमा वितरण गरिने आयल निगमको अंचल कार्यालय तुलसीपुरले जनाएको छ। डिजेल जिल्लाका प्रायः सबै पम्पहरुमा उपलब्ध गराइने छ भने पेट्रोल आलो